सभामुखको निर्वाचन १२ माघमा



०६ माघ २०७६, काठमाडौं

सभामुखको निर्वाचन आउँदो १२ माघमा हुने भएको छ।

रिक्त प्रतिनिधि सभाको सभामुख चयन गर्ने निर्वाचन आगामी १२ माघमा हुने भएको हो।

कार्य व्यवस्था परामर्श समिति बैठकमा सभामुखको निर्वाचन १२ गते गर्ने दलहरुबीच सहमति हो। समिति सदस्य कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले १२ माघमा सभामुखको निर्वाचन गर्ने सहमति भएको बताए।

‘सभामुखको निर्वाचन आगामी १२ माघमा गर्ने सहमति भएको छ।’ खाणले भनेका छन्।

यौन दुव्यवहारको आरोप लागेपछि पूर्वसभामुख कृष्णबहादुर महराले गत १४ असोजमा राजीनामा दिएपछि सभामुख पद रिक्त छ।

प्रतिक्रिया दिनुहोस्