नेकपा अध्यक्षद्वयको छलफल सकियो, राजीनामा दिँदै तुम्बाहाङ्फे



०६ माघ २०७६, काठमाडौं

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल सकिएको छ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सोमबार (आज) भएको दुई अध्यक्षबीचको छलफलमा उपसभामुख शिवमाया तुम्बाहाङ्ले राजीनामा दिने विषयमा टुंगो लागेको जनाइएको छ।

अहिले उपसभामुख तुम्बाहाङ्फेले पत्रकार सम्मेलन गर्दै छिन्। पत्रकार सम्मेलनमा उनले पदबाट राजीनामा दिने बताइएको छ। यसअघि नेकपाले राजीनामा दिन गरेको आग्रह शिवमायाले इन्कार गर्दै आएकी थिइन्।
♥ पत्रकार सम्मेलन गर्दै तुम्बाहाङ्फे, राजीनामा दिने सम्भावना
आज १ बजे प्रतिनिधि सभा बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने जनाएको छ। त्यसपछि आजको बैठकको अध्यक्षता जेष्ठ सदस्य राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नेछन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्