एमसीसी विवादः परराष्ट्रमन्त्री ज्ञवालीसँग नेकपाको छलफल



०६ माघ २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा जानकारी लिएको छ।

सोमबार (आज) सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल गरेका हुन्।राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले दलभित्र एमसीसीका विषयमा एउटै मत बनोस् भन्ने उद्देश्यले छलफल गरिएको जानकारी बताएका छन्।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भनेका छन्। “राष्ट्रिय सभाको यो दलको बैठक हो। यसमा हामीले एमसीसीको बारेमा परराष्ट्रमन्त्रीसँग स्पष्ट हुन चाहेका थियौं। हामीले केही जिज्ञासाहरु राख्यौं। उहाँले त्यसमा पनि स्पष्ट पार्ने काम गर्नुभयो। अब हामी यो विषयमा कम्तीमा पनि हाम्रो दलभित्र एउटै मत बनोस् भन्ने हिसाबले प्रस्तुत भएका छौं।”

सरकारले गरेको अमेरिकाको एमसीसी सहायता सम्बन्धी सम्झौता पछिल्लो समय विवादित बनेको छ।

प्रतिक्रिया दिनुहोस्