पत्रकार सम्मेलन गर्दै तुम्बाहाङ्फे, राजीनामा दिने सम्भावना



०६ माघ २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्नी प्रसाद सापकोटालाई पार्टीको तर्फबाट सभामुख पदको उम्मेदवार चयन गरेको भोलिपल्ट सोमबार (आज) उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन्।

उनले आज दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरेकी छिन्। सभामुख बन्नका लागि तुम्बाहाङ्फे पनि प्रतिस्पर्धामा थिइन्। तर आइतबार बसेको नेकपा सचिवालयको बैठकले सापकोटालाई पार्टीका तर्फबाट सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि उनको त्यो सम्भावना टरेको हो।
♣ राजीनामाको तयारी गर्दै उपसभामुख तुम्बाहाङ्फे
यसअघि नेकपाले तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा दिन भनेको थियो। उनले त्यसलाई चुनौती दिँदै आएकी थिइन्। तर, नेकपाले उम्मेदवार नै तय गरिसकेको अवस्थामा तुम्बाहाङ्फेले आज दिउँसो गर्न लागेको पत्रकार सम्मेलनमार्फत् उनले राजीनामा दिन सक्ने अनुमान गरिएको छ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। सो बैठकभन्दा पहिले नै तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्