राजीनामाको तयारी गर्दै उपसभामुख तुम्बाहाङ्फे



०५ माघ २०७६, काठमाडौं

उपसभामुख शिवमाया तुम्बाहाङ्ले पदबाट राजीनामा दिने तयारी गरेकी छिन्।

नेकपाले सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद अग्नी प्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेकी हुन्।

नेकपा सचिवालय बैठकले आइतबार (आज) स्थायी समिति सदस्यसमेत रहेका सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। सभामुख दावी गर्दै आएकी उपसभामुख तुम्बाहाङ्फेले सोमबार आह्वान गरिएको प्रतिनिधिसभाको बैठक अगावै राजीनामा दिने तयारी गरेको उनीनिकट श्रोतले बताएको छ।

यसअघि नै सभामुख उम्मेदवार तय भएपछि आफूले राजीनामा गर्ने बताउँदै आएकी उनले नेकपाले सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उनीसँग प्रतिक्रिया लिन खोज्दा उपलब्ध भने भएकी छैनन्।
♥ अग्नी प्रसाद सापकोटालाई नै सभामुख?
♥ प्रचण्डसँगको सहमतिपछि ओलीले भेटे उपसभामुख तुम्बाहाङ्लाई
♥ नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु
♥ सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय
यसअघि नै तुम्बाहाङ्फेलाई राजीनामा गर्न नेकपा सचिवालयले निर्देशन दिएको थियो। तर, उनले नेकपा सचिवालयले आफूलाई निर्देशन दिन नसक्ने जिकिर गर्दै आएकी थिइन्।

आफूलाई नै सभामुख बनाउन उनले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आग्रह समेत गर्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्