अन्नपूर्ण पदमार्गमा बेपत्ता आफ्ना नागरिकको बारेमा बुझ्न कोरियाली राजदूत पोखरामा



०५ माघ २०७६, काठमाडौं

अन्नपूर्ण पदमार्गमा हराइरहेका आफ्ना नागरिकहरूको बारेमा बुझ्न नेपालस्थित दक्षिण कोरियाली राजदूतसहितको टोली पोखरा पुगेको छ।

अन्नपूर्ण पदमार्गमा गएको हिमपहिरोमा परेका ४ जना कोरियाली र तीनजना नेपाली नागरिकहरू हराइरहेका छन्। उनीहरूलाई हिमपहिरोले पुरेको आशंका गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताएका छन्।

केसीका अनुसार काठमाडौंस्थित कोरियाली राजदूत पार्क योङ्–सिकसहितको कोरियाली टोली पोखरा पुगेको हो। उनीहरू आइतबार (आज) अन्नपूर्ण क्षेत्रतर्फ जान लागेका थिए।

तर, त्यस क्षेत्रमा रहेका सुरक्षाकर्मीले अवस्था प्रतिकूल रहेको जनाएपछि उनीहरु पोखरामै रहेका हुन्। ‘राजदूतसहितको टोली घटनास्थलतर्फ जाने कुरा थियो। तर, आज परिस्थिति अनुकूल नभएकाले उहाँहरू पोखरामै हुनुहुन्छ।’ केसीले भने।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्