सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय



०५ माघ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको सभामुखको लागि अग्नी प्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार (आज) ४ बजे बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन्।
♥ प्रचण्डसँगको सहमतिपछि ओलीले भेटे उपसभामुख तुम्बाहाङ्लाई
♥ अग्नी प्रसाद सापकोटालाई नै सभामुख?
♥ नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु
सचिवालय बैठकअघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहान भएको छलफलमा सांसद अग्नी प्रसाद सापकोटालाई उम्मेदवार बनाउने सहमति भएको थियो।

दुई अध्यक्षबीच भएको सहमति अनुमोदनका लागि सचिवालयको बैठक बोलाइएको थियो।

प्रतिक्रिया दिनुहोस्