प्रचण्डसँगको सहमतिपछि ओलीले भेटे उपसभामुख तुम्बाहाङ्लाई



०५ माघ २०७६, काठमाडौं

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सहमतिपछि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाङ्लाई भेटेका छन्।

आइबार (आज) बिहान दुई अध्यक्षबीच अग्नी प्रसाद सापकोटालाई सभामुख बनाउने सहमतिपछि ओलीले तुम्बाहाङ्फेलाई भेटेका हुन्। भेटमा के विषयमा छलफल भयो भन्ने भने खुलेको छैन।
♥ अग्नी प्रसाद सापकोटालाई नै सभामुख?
♥ नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु
ओलीलाई भेट्न शिवमाया नै बालुवाटार पुगेकी थिइन्। उनी त्यहाँबाट दिउँसो १ बजे छिरेर साढे २ बजे बाहिरिएकी थिइन्।

सभामुखमा सापकोटाको नाम अनुमोदन गर्न अहिले बालुवाटारमै सचिवालय बैठक बसिरहेको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्