बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल आइपुगिन्



०५ माघ २०७६, काठमाडौं

बेल्जियमकी राजकुमारी एस्ट्रिड काठमाडौं आइपुगेकी छिन्।

एक हप्ते भ्रमणका लागि नेपाल आएकी उनलाई आइतबार त्रिभुवन विमानस्थलमा उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री मोतिलाल दुगडले स्वागत गरेका छन्।

नेपाल भ्रमणमा आएकी राजकुमारी एस्ट्रिडले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। यस्तै उनले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
♥ बेल्जियमका राजकुमारी नेपाल आउँदै
कैलाली, नवपरासी र चितवन भ्रमण जाने कार्य तालिकासहित काठमाडौं ओर्लिएकी राजकुमारी एस्ट्रिडले कुष्ठरोगसँग सम्बन्धित कार्यक्रममा सहभागीता जनाउने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

यस्तै नवलपरासीमा रहेको मध्यबिन्दुअस्पतालको पनि एस्ट्रिडले भ्रमण गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्