श्रीमतीको यी गुणले बन्छन् श्रीमान् संसारकै भाग्यमानी



०५ माघ २०७६, काठमाडौं

भनिन्छ नि, श्रीमान श्रीमती भनेको एक रथको दुई पाङ्ग्रा हुन्। एक बिना अर्काको सम्भव हुँदैन। विवाहपश्चात् जुन घरमा श्रीमतीले असल व्यवहार देखाएर कर्तव्य पुरा गर्न सक्छिन उही संसारको असल श्रीमती एवं बुहारी ठानिन्छिन।

जब श्रीमानको घरमा पाईला टेकिसकेपश्चात् जुन घर संचालन गर्नको लागि सबैभन्दा ठुलो भूमिका श्रीमती अर्थात महिलाको हुन्छ।

यदि महिला नै गलत बाटोमा हिड्यो भने त्यो घर परिवार स्वतह विग्रिन्छ। जसकारण यस्ता गुण भएका श्रीमती भएमा जीवन सरल र सहज रुपमा अगाडि बढाउन सकिन्छ।

मीठो बोली

विभिन्न अध्ययनका अनुसार महिलामा हुनुपर्ने एक महत्वपूर्ण गुण मिठो बोली हो। यदि तपाईँकी श्रीमती घरमा सबैसँग मिठो बोल्छिन् र व्यवहार गर्छिन् भने तपाईँ भाग्यामानी हुनुहुन्छ।

घर सम्हाल्न सक्ने

घरको काम जस्तैः खाना बनाउने, सरसफाई गर्ने, सजावट गर्ने, कपडा तथा भाडा सफा गर्ने, बच्चाको जिम्मेवारी निभाउने, घरमा आएका पाहुनाहरुलाई आदर, सम्मान गर्ने, कम खर्चमै घर चलाउन सक्ने गुण भएकी श्रीमती छिन् भने तपाईं आफूले आफूलाई भाग्यामानी सम्झिनुहोस्।

त्यस्तै, श्रीमतीमा हुने यस्ता गुणले तपाईँको घरमा झगडा हुँदैन।

धर्मको पालना

धर्म भनेको एक अनुशासन हो। यदि तपाईँकी श्रीमती धर्मको पालना गर्छिन् अर्थात आस्थिक छिन् भने पनि मान्नुस् तपाईँ भाश्यमानी हुनुहुन्छ।

आस्थिक श्रीमतीले आफ्नो श्रीमान र परिवारको हितमा काम गर्छिन्। उनले यस्तो काम गर्दिनन् जुन कामको कारण परिवारमा कलह होस् वा कसैलाई चित्त दुखोस्।

श्रीमानको कुरा मान्ने

यदि तपाईँको श्रीमतीले तपाईँको कुरा मान्छिन् भने पनि तपाईँ भाग्यामानी हुनुहुन्छ। त्यस्ती श्रीमतीलाई धर्म ग्रन्थहरुमा पतिव्रता मानिन्छ। पतिव्रता पत्नी सधैँ आफ्नो श्रीमानको सेवामा लाग्छिन्।

श्रीमतीले तपाईँको चित्त दुखाउने कुरा गर्दिनन्। आफ्नो श्रीमानलाई सधैँ प्रसन्न राख्ने प्रयास गर्ने श्रीमतीलाई श्रीमानको पनि त्यस्तै ब्यवहार हुने हुँदा उनीहरुको दाम्पत्य जीवन निकै सुखदायी बन्छ।

प्रतिक्रिया दिनुहोस्