अग्नी प्रसाद सापकोटालाई नै सभामुख?



०५ माघ २०७६, काठमाडौं

अग्नी प्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने विषयमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको छ।

आइतबार (आज) बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको दुई अध्यक्षको बैठकबाट यस्तो सहमति जुटेको श्रोतले बताएको छ। स्रोतका अनुसार अध्यक्षद्वयको बैठकमा ओलीले सभामुखको उम्मेदवारका विषयमा सहमति नजुटे संसदीय दलबाट टुंग्याऊँ भनेर प्रस्ताव गरेका थिए।

जवाफमा प्रचण्डले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पनि संसदीय दलबाटै निर्वाचनमार्फत् टुंग्याउनुपर्ने प्रस्ताव राखेका थिए। त्यसपछि सभामुखमा सापकोटाको नाममा ओलीले सहमति जनाएको स्रोतको दावी छ।

अहिले अपराह्न ४ बजेबाट बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु भएको छ। यो बैठकले सम्भवतः सापकोटाको नाम सभामुखमा अनुमादेन गर्नेछ।

बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत १४ असोजमा राजीनामा दिएपछि सो पद रिक्त थियो।

प्रतिक्रिया दिनुहोस्