प्रदेश नं. १ मा मन्त्रिमण्डल विस्तार, थपिए ४ राज्यमन्त्री



०५ माघ २०७६, काठमाडौं

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन्।

मुख्यमन्त्री राईले आइतबार (आज) मन्त्रिमण्डल विस्तार गर्दै चार राज्यमन्त्री नियुक्त गरेका छन्। नवनियुक्त राज्यमन्त्रीहरुमा रामबहादुर मगर, अम्बिरबाबु गुरूङ, जसमाया गजमेर र विजयकुमार विश्वास रहेका छन्।

मगरले भूमि व्यवस्था, कृषि तथा सहकारी, गुरूङले भौतिक पूर्वाधार विकास, गजमेरले सामाजिक विकास र विश्वासले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको सपथ लिएका छन्।

प्रदेशका निमित्त सचिव गोपीप्रसाद घिमिरेले अपराह्न एक विज्ञप्ति जारी गरी मुख्यमन्त्री राईले संविधानको धारा १६८ को उपधार (९) बमोजिम मन्त्री नियुक्त गरेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्