नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु



०५ माघ २०७६, काठमाडौं

प्रतिनिधि सभाको सभामुखको उम्मेदवारको बारेमा छलफल गर्न नेकपा सचिवालय बैठक शुरु भएको छ।

बैठक अहिले ४ बजेबाट बालुवाटारमा शुरु भएको हो। आज बिहान नेकपाको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि नेकपाको सचिवालय बैठक बोलाइएको हो।

बैठकका सभामुखको उम्मेदवारको बारेमा छलफल हुने र सहमति जुटे निर्णय लिइने नेकपा स्रोतले बताएको छ। अध्यक्ष ओली र प्रचण्डबीच सभामुख उम्मेदवारको बारेमा छलफल भए पनि सहमति भए वा नभएको जानकारी गराइएको छैन।

‘दुई अध्यक्षबीच आज बिहान लामै छलफल भएको छ। उहाँहरुबीचमा के सहमति भयो थाहा छैन। सचिवालय बैठकमा जानकारी गराउनुहुन्छ होला।’ नेकपाका एक नेताले भने।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्