यौन सम्पर्क गर्दा निको हुने यी खतरनाक रोग



०५ माघ २०७६, काठमाडौं

अधिकांश मानिसमा शारिरीक सम्बन्धबारे विभिन्न धारणा रहेको पाइन्छ। वैज्ञानिक दृष्टिले मानव अस्तित्वका लागि पनि नभई नहुने शारिरीक सम्बन्धबारे प्रायः ले खुलेर कुरा गर्न सक्दैनन्।

प्रायः मानिसहरुले यसलाई व्यक्तिगत र गोप्य मामला मान्दछन्। जे होस व्यक्तिगत वा गोप्य जे भने पनि यसबाट टाढा रहनेहरु भने नगण्य प्राय होलान्।

शारीरिक सम्बन्ध राख्नुको पनि विविध फाइदा पनि रहेको छ। वैज्ञानिकहरुका अनुसार, यौनसम्पर्क गर्दा विभिन्न रोगको अचुक औषधि भएको छ। वैज्ञानिकहरूले यौनसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन्। उनीहरूले सेक्सलाई टाउको दुखाईको अचूक औषधी भनेका छन्।

आमरुपमा सेक्सबाट यति सुख मिल्छ कि शरिर र मनको थकान मेटाउँछ। कसैको नजिक हुनु, उसलाई छुनु, प्यारले उसको शरिरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै खालको नशा दिन्छ। र यसलाई सेक्सको जादु भनिन्छ।

यत्ति मात्रै नभएर यसले टाउकोको दुखाई क्षणभरमै ठिक पारिदिन्छ। अनुसन्धानमा संलग्न न्यूरोलोजिस्ट्सका अनुसार सेक्स गर्दा टाउको दुखाई कम हुन्छ र कयौं पटक त पुरै ठीक हुन्छ।

केही समय पहिले जर्मनीको यूनिभर्सिटी अफ मुनेस्टरमा न्यूरोलोजिस्ट्सको एक टिमले शोधपछि भनेको थियो।

टाउको दुखाई हुँदा सेक्स गर्नु औषधि खानुभन्दा कैयौँ बढी असरदार छ। शोधमा आधा सहभागीहरुले सेक्स गर्दा टाउको दुखाईमा राहत महसुस गरेको बताए। हरेक पाँच जनामध्ये एक विरामीले टाउको दुखाई सेक्स गरिसकेपछि पुरै ठिक हुने गरेको बताए।

यो हाम्रो शरिरको प्राकृतिक पेनकिलर हो। सेक्स गर्दा शरिरमा नर्वस सिस्टममा निस्कने एण्डोरफिनका कारण टाउको दुखाई कम हुन्छ। यहाँ सम्मकी पूर्ण रूपमा ठीक पनि हुन्छ। वैज्ञानिकहरूले सेक्स गर्दा टाउको दुखाईबाट राहत मिल्ने र साथै पार्टनरसँग पनि निकटता थप बढ्ने भएकाले यो विधि अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्