यी रोग भएका व्यक्तिले झुक्किएर पनि नखानुस् काउली



०५ माघ २०७६, काठमाडौं

अधिकांश मानिस जाडो मौसममा काउलीको तरकारी खाना अत्याधिक रुचाउँछन्। यसलाई मानिसहरु तरकारी मात्रै नभएर पराठा तथा पकौडा समेत बनाएर खाने गर्दछन्।

काउलीको तरकारी खानु स्वास्थ्यको लागि लाभदायिक मानिन्छ। जसमा भिटामिन, क्याल्सियम, प्रोटिन, पोटासियम, कार्बोहाइड्रेट, आइरल, मिनरल्स, एन्डिअक्सिडेन्ट, फाइटोन्यूट्रियन्ट्स, फ्लेवोनोइड्स, फाइटोन्यूट्रियन्स लगायतका तत्वहरु प्रशस्त मात्रामा पाईन्छ।

जसले हामीलाई शरिरमा लाग्ने घातक रोगहरु एनिमिया, स्तन क्यान्सर, मुटुरोगबाट पनि बचाउँछ। तर डाइटिसियनका अनुसार काउलीको तरकारी केही रोगीहरुको लागि खतरनाक पनि हुन्छ।

जान्नुहोस् कुन–कुन रोगको लागि खतरनाक?

 

थाइराइडका बिमारी

काउलीको तरकारी थाइराइडको बिरामीको लागि खतरनाक मानिन्छ। किनभने, यसमा गाइट्रोगन नामक तत्व पाइन्छ। जसले थाइराइडलाई असर पुर्याउने काम गर्दछ।

ग्याष्ट्रिकको बिरामी

ग्याष्ट्रिकको बिरामीको लागि पनि काउलीको तरकारी खतरनाक र्नै मानिन्छ। किनभने, काउलीमा पाइने पोषक तत्वले पाचन प्रणालीमा समस्या पैदा गर्दछ।

त्यसका साथै स्तनपान गराईरहेकी महिलाले पनि काउलीको तरकारी खानु हुँदैन। यदि खाएमा ग्याष्ट्रिकको समस्याले सताउन सक्ने चिकित्सकहरु बताउँछन्।

ब्लड क्लटिङको समस्या भएको बिरामी

काउली शरिरमा ब्लड क्लटिङको समस्या भएको बिरामीको लागि पनि खतरनाक हुन्छ। किनभने, यसमा पाइने भिटामिन के ले ब्लड क्लटिङमा समस्या पैदा गर्दछ।

त्यति मात्र होइन्, रगतलाई गाढा बनाउने औषधि सेवन गरिरहेका महिलाहरुले पनि काउली खानु हुँदैन।

प्रतिक्रिया दिनुहोस्