आज पनि तिङ्ला अस्तव्यस्त, सोलु-काठमाडौं चल्ने सवारी साधन ठप्प



०५ माघ २०७६, सोलुखुम्बु

सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला आइतबार (आज) पनि अस्तव्यस्त बनेको छ।

तिङ्लावासीको माग पूरा नगरी राष्ट्रिय प्रसारण लाइन् उद्घाटन कार्यक्रम गर्न लागेको भन्दै स्थानीयले शनिबार ढुङ्गामुढा गर्नुका साथै १७ वटा मोटरसाइकल र एक जीपमा आगजनी गरेका थिए।
♥ सोलुखुम्बुमा झडप, आधा दर्जनभन्दा बढी मोटरसाइकलमा आगजानी
तिङ्लावासीहरुको आन्दोलनका कारण आज पनि सोलु–काठमाडौं गर्ने सवारी तथा बाहिरी जिल्ला जाने सवारीहरु ठप्प गरेको नगरपालिकाका वडा सचिव खेम खतिवडाले बताएका छन्।
♥ सोलुखुम्बुको केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रममा गोली चल्यो
हाइड्रोपावरको मुख्य प्रभावित क्षेत्र तिङ्ला भए पनि प्रभावित क्षेत्रमा नै विद्युत विस्तार नगरी उद्घाटन गर्न लागेको आन्दोलनकारीहरुको भनाइ रहेको खतिवडाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्