पुलिस चौकीमा श्रीमानको बाँडफाँड ३ दिन श्रीमतीसँग ३ दिन प्रेमिकासँग, एक दिन छुट्टी



०५ माघ २०७६, काठमाडौं

भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस चौकीमा शनिबार एउटा निकै अचम्मको घटना भयो । श्रीमती र प्रेमिकाले एक व्यक्तिलाई आफूसँग बस्नका लागि आपसमा बाँडफाँड गरे । यी दुईबीच भएको सहमती अनुसार श्रीमान् हप्तामा तीनदिन श्रीमतीसँग बस्नेछन् भने अर्को तीन दिन प्रेमिकासँग बस्नेछन् । श्रीमती र प्रेमिकाले श्रीमानलाई एक दिनको छुट्टी पनि दिएका छन् ।

शनिबार ती व्यक्तिकी प्रेमिकाले प्रेमीले आफूसँग गरेको सम्झौता तोड्दै पाँच दिनदेखि घर नआएको भन्दै पुलिसथानामा उजुरी दिइन् । श्रीमान्, श्रीमती र तेस्रो व्यक्तिबीचको चक्करमा पुलिस पनि तनावमा परेको भारतीय संचार माध्यमले बताएको छ । पुलिसले श्रीमान राजेश कुमारलाई चौकीमा बोलाएर सम्झाएको र राजेशकी श्रीमती र प्रेमिकाबीच सहमती भएको भारती संचार माध्यम दैनिक भास्करले जानकारी दिएको छ ।

पुलिसको उपस्थितीमा सम्झौता भयोः

पुलिसको उपस्थितीमा प्रेमिका र श्रीमतीले सम्झौता गरेको बताइन्छ । राजेशले पछि प्रेमिकालाई पनि विवाह गरेको बताइएको छ त्यसकारण हप्तामा तीन दिन जेठी श्रीमती र अर्को तीन दिन कान्छी श्रीमतीसँग उनी बस्नेछन् । एक दिन उनलाई छुट्टी दिइएको छ, त्यतिबेला उनी आफ्नो इच्छा अनुरुप जुन श्रीमतीसँग पनि बस्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्