हात गोरो बनाउने तरिका



०५ माघ २०७६, काठमाडौं

अनुहारको सुन्दरता कायम राख्न अनेकौ उपाय अपनाउने कतिपयः व्यक्तिहरु हातगोडाको सुन्दरतामा खासै चासो राख्दैनन्।

एकातिर अनुहारको केयर नगर्नु तथा अर्कोतिर घाम र धुलोले डढ्नु र फुट्नु हातको सुन्दरता बिग्रिने कारण बन्छ।

तपाईँको पनि अनुहारको तुलनामा हात नराम्रो भएको छ भने यी घरेलु उपायहरु अपनाउनुहोस्ः

काँचो दूध

हातको छालाको रंग सफा गर्न तथा चम्किलो बनाउन काँचो दूध निकै राम्रो मानिन्छ। काँचो दूधले हातको छालामा मसाज गर्नुहोस्। केही दिनमै हात गोरो र सुन्दर देखिन थाल्छ।

कागती

कागतीमा सिट्रिक एसिड पाइन्छ। जसले छालामा रहेको कालोपत्रलाई सफा गरिदिन्छ। कागतीको टुक्रालाई हातमा रगड्नुहोस्। छालाको रंग उज्यालो बन्छ।

कागतीको रसमा नुन र सक्खर मिलाएर ‘स्क्रब’ गर्नु अझ राम्रो हुन्छ।

गोलभेँडाको रस

गोलभेँडाको रसमा थोरै कागतीको रस मिलाएर हातमा लगाउने। केहीबेर राम्रोसँग मसाज गर्नुहोस्। हप्तामा दुईपटक यो काम गर्नुहोस्, हातको छालाको रंगमा परिवर्तन आउँछ।

आलुको रस

काँचो आलुको रस निकालेर हातमा लगाउनुहोस्। लगभग २० मिनेटसम्म यसलाई हातमै रहन दिनुहोस्। त्यसपश्चात् सफा पानीले धुनुहोस्। एक हप्तामा दुई–तीनपटक यसो गर्दा हात सफा अनि गोरो हुन्छ।

बेसन

चनाको पिठो अर्थात् बेसनले हातको छालामा निखार ल्याउन मद्दत गर्दछ। बेसनमा काँचो दूध या बेसार मिलाएर पेस्ट तयार गर्ने र हातमा लगाएर १५ मिनेटसम्म छोडिदिनुहोस्।

१५ मिनेटपश्चात् धोएर हेर्नुहोस्, तत्काल छालामा फरकपन पाउनुहुनेछ।

प्रतिक्रिया दिनुहोस्