सभामुखको टुङ्गो लगाउन नेकपा सचिवालय बैठक बस्दै



०५ माघ २०७६, काठमाडौं

सभामुखको उम्मेदवार टुङ्गो लगाउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्दै छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहान भएको छलफलमा दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाउने निर्णय भएको हो ।

बैठकले सभामुखको टुङ्गो लगाउने सम्भावना रहेको नेकपाका नेताहरुले बताएका छन् । सोमबार दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएकाले पनि सभामुखको टुङ्गो लगाउन नेकपालाई दबाब छ ।

नेकपाले सभामुखको टुङ्गो लगाउन नसक्दा गएको पुस ४ गतेदेखि संसद बैठक बस्न सकेको छैन । अध्यक्ष ओलीले पूर्व एमाले र दाहालले पूर्व माओवादीतर्फबाट सभामुख बनाउनु पर्ने अडान लिँदा सभामुखको उम्मेदवा चयन गर्न ढिलाइ भएको हो ।

उपसभामुख तुम्बाहाङ्फेले सभामुखको टुङ्गो नलागेसम्म पदबाट राजीनामा नदिने अडान लिनु भएको छ । तर नेकपाले भने उहाँलाई पदबाट राजीनामा दिन लगाएर सभामुख चयनमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्