विवाहपूर्व महेन्दी होईन फोहोरको शृंगार



०५ माघ २०७६, काठमाडौं

उत्तरी स्कटल्याण्डमा विवाह हुनु पूर्व फोहोरले होली खेल्ने परम्परा निकै लोकप्रिय छ । विवाह हुनु भन्दा केही दिन पहिले बेहूला र बेहूलीलाई महेन्दी लगाउने र बुक्का लगाउने प्रचलन भारत तथा नेपालमा रहेको जस्तै स्कटल्याण्डमा कुहिएको फोहोर बेहुला-बेहूलीलाई लगाईदिने चलन सच्ची नै अचम्म लाग्दो छ ।

प्रचलन अनुसार सबै भन्दा पहिला ईन्गेजमेन्ट गरेका जोडीलाई साथी र आफन्तहरुले अपहरण गरेर लैजान्छन र कुहिएको आन्डा , माछाको फोहोर, कुकुरकों खनेकुरा र गुड़ जस्तो चिपचिप लाग्ने फोहोर बस्तुले भिजाउछन् । विवाह जस्तो ठूलो कार्यको एक दिन अगाडि यसरी फोहोरले नुहाउनाले शुभ साइत हुने र वैवाहिक जीवनमा सुख बढ्ने मान्यता रहि आएको छ ।

विहेको एक दिन अगाडि सबै जाना फोहोर जन्य सामग्रीका साथ भेला हुन्छन् । हेर्दै घिनलाग्दो फोहोर जस्तै कुहिएको मल, गाई बस्तुको गोबर, माछाको फोहोर-आँखा, कत्ला, पुछर इत्यादिसहित बेहुला-बेहूलीमाथि आक्रमण गर्छन् र फोहोरले रमाइलो गर्छन् ।

ब्ल्याकनिङको सुरुवात कसरी भयो ?

अबेरडिन एल्फिनस्टोन विश्वविध्यालयकी डा. सिला योंङ को अनुसार यदि यस परम्परा बारेमा थाहा भएर कोही पहिलो पल्ट त्यस गाउँमा गयो भने, सुरुमा त टर्चर गरेको जस्तो लाग्न सक्छ । फोहोरले घिनलाग्दो बनाउने मात्र होईन सफा बनाउने चलन पनि रहेको उनी बताउछिन । यसको सुरुवात १९८० बाट भएको पाइन्छ, सुरुवातमा यसलाई खुट्टा धुने चलन भनेर चिनिन्थ्यो । पहिला खुट्टा सफा राख्न चिम्नीको कालो मोसो लगाएर खुट्टा धुने चलन थियो ।

डा. योङ भन्छिन, “खुट्टामा कालो लगाएर धुने काम विवाहको लागि सहमति जनाएको भन्ने बुझिन्थ्यो ।” उनले गरेको एक अनुसन्धान अनुसार, पहिले विवाह केवल जाडो महिनामा मात्र हुन्थ्यो र मान्छेहरु खुट्टा धुनबाट बच्न भाग्न थाले र पछि गएर यो परम्पारा फोहोरले नुहाइदिने बन्यो । यसै परम्पराको कारण स्कटल्याण्डमा गर्मी मौसममा पनि विवाह हुन थाल्यो ।

प्रतिक्रिया दिनुहोस्