नाफा मात्र होइन, नीजि क्षेत्र सेवामूखी हुन आवश्यक छ : पूर्व अध्यक्ष खिलराज रेग्मी



०४ माघ २०७६, काठमाडौं

मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नीजि क्षेत्रले नाफामा मात्र नभएर नागरिकको सेवामा विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

ओम समाज डेण्टल हस्पिटलको वार्षिक उत्सव समारोहमा सम्बोधन गर्दै नीजि क्षेत्रले पेसा मात्र नभएर सेवामूखि रुपमा विश्वास दिलाउन आवश्यक रहेको धारणा व्यक्त गरे । ओम समाजले सामाजिक काममा धेरै स्थानबाट प्रशंसा पाएको बताउँदै स्थापनाकाल देखि नै नाफामूलक मात्र नभएर सेवामूलक कार्यक्रम गर्दै आएको बताए ।

पूर्व अध्यक्ष रेग्मीले नीजि क्षेत्रले नाफा कमाउन मात्र नभएर विभिन्न सामाजिक काममा लागि पर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै सहयोगी भावनाका कारण डा. सुवास घिमिरे समाजमा उदाहरणीय व्यक्तिका रुपमा चिनिएको स्पष्ट पारे ।

सिन्धुली क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य हरिवोल गजुरेलले व्यवसाय गर्दा आफ्नो लागि मात्र नभएर नागरिक, समाज र राष्ट्रिय हितलाई ध्यानमा राख्न आवश्यक रहेको बताए । उनले भने ओम समाज डेण्टलले सेवा लिनको लागि मात्र नभएर दिनको लागि समेत महत्वपूर्ण भूमिका खेलेको छ ।

बागमती प्रदेश सांसद नरोत्तम वैद्यले समाजमा सकारात्मक सोचका व्यक्तिको आवश्यक रहेको बताए । नीजि क्षेत्रले सामाजिक काममा खासै ध्यान नदिएको जानकारी गराउँदै उनले ओम समाजबाट सामाजिक काम सिक्न आग्रह गरेका थिए ।

काठमाडौं महानगरपालिका वडा नं.७ का वडाध्यक्ष शुद्धकुमार ढंगोलले दन्त क्षेत्रमा नेपालकै चर्चित अस्पताल आफ्नो वडढामा हुनु खुसीको कुरा रहेको बताए । वडाध्यक्ष ढंगोलले भने, व्यापारमूखि सेवा भन्दा सेवामुखि व्यापारमा ओम समाजले विशेष ध्यान दिएको बताए ।

ओम समाज डेण्टल हस्पिटलका अध्यक्ष डा. सुवास घिमिरेले समाजमा आर्थिक अवस्था कमजोर भएका तथा विपन्न वर्गलाई पैसा नभएकै कारण उपचारबाट बञ्चित गराउन नहु्ने बताए । डा. घिमिरेले भने वडा तथा नगरको सिफारिस लिएर आएका विपन्न वर्गलाई ओम समाजले निःशुल्क उपचार गराउन सक्ने जानकारी गराए । अध्यक्ष डा. घिमिरेले ओम समाजले आगामी दिनमा कमाईको २० प्रतिशत बराबरको सामाजिक कार्य गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्