‘कक्षा ४ उतीर्ण शिक्षामन्त्री र मृर्गौला फेल प्रधानमन्त्री भएको देशमा समृद्धिको परिकल्पना गर्नु नै हाँस्यास्पद’



०४ माघ २०७६, काठमाडौं

समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणाली हुनुपर्ने बताएका छन्।

संगठन विस्तार एवं सुदृढिकरण कार्यक्रमलाई सम्बोधन गर्न शुक्रबार (हिजो) जनकपुरधाम पुगेका अध्यक्ष यादवले देशमा प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणाली हुनुपर्ने बताएका हुन्। यस्तै उनले वर्तमान सरकारलाई खच्चड शासन प्रणालीको संज्ञा दिएका छन्।

अध्यक्ष यादवले ४ कक्षा उतीर्ण शिक्षामन्त्री, किड्नी फेल प्रधानमन्त्री र अर्थबारे केही पनि थाहा नभएका अर्थमन्त्री भएको देशमा समृद्धिको परिकल्पना गर्नु नै हाँस्यास्पद कुरा रहेको बताए।

यस्तै उनले विभिन्न आन्दोलनपछि संविधानमा संघीयता लेखिए पनि कागजमा मात्रै सीमित रहेको भन्दै देख व्यक्त गरे। “विश्वको कुनै पनि मुलुकमा प्रदेशको आफ्नो झण्डा, प्रशासन, संविधान र निर्णय गर्ने अधिकार हुन्छ। तर, हाम्रो देशमा प्रदेशलाई पंगु बनाइ केन्द्रिकृत एकात्मक शासन व्यवस्था लाद्न खोजिएको छ।” अध्यक्ष यादवले भने, ‘प्रदेशलाई अधिकार सम्पन्न नबनाएसम्म देशमा संघीयता कार्यान्वयन हुन सक्दैन।’

प्रतिक्रिया दिनुहोस्