बाख्रा जोगाउने क्रममा ट्र्याक्टर दुर्घटनाः दुईको मृत्यु



०४ माघ २०७६, काठमाडौं

पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत गोलबजार नगरपालिका ७ मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार पुरानो चोहर्वास्थित बाटोमा रहेको बाख्रा जोगाउने क्रममा डिजे साउण्ड बोकेर विवाहबाट फर्किएको स १ त ६५६० नम्बरको ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटना हुँदा मृत्यु हुनेमा लहान नगरपालिका १३ का २२ वर्षीय सन्तोषकुमार यादव र धनगढीमाई नगरपालिका १२ का २० वर्षीय श्रीप्रसाद मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई गोलबजारको भूमिजा अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि रेफर गर्दा बाटोमै मृत्यु भएको थियो।

डिजे बोकेको उक्त ट्र्याकटरमा १३ सवार थिए। धनगढीमाई नगपालिका ११ का ट्र्याक्टर चालक २३ वर्षीय दशरथ मण्डल र ट्र्याक्टर प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनुहोस्