डढेलोमा फसेकाहरुलाई आपत्कालीन सामग्रीमा ‘बियर’



०४ माघ २०७६, काठमाडौं

अष्ट्रेलियामा आपत्कालीन सामग्रीको सूचीमा ‘बियर’ पनि परेको छ।

अष्ट्रेलियामा भएको भीषण आगलागीमा फसेकाहरुलाई अहिले त्यहाँकै जलसेना [नेभी] ले उद्धारसँगै दैनिक उपभोग्य सामग्रीहरु वितरण गरिरहेको छ। यसै क्रममा गत शुक्रबार एक ग्रामीण होटललाई दैनिक उपभोग्य सामानअन्तर्गत ‘बियर’ पनि उपलब्ध गराएको छ।

राहत सामग्रीको सूचीमा बियर पनि रहेको यो अनौठो घटना भएको धेरैको प्रतिक्रिया छ। रक्षा विभागका प्रवक्ताले विश्वप्रसिद्ध एएफपीसँग अन्य राहत सामग्रीसँगै नेभीले एउटा होटललाई बियर पुर्‍याएको पुष्टि गरेका छन्।

कार्लटन एन्ड युनाइटेड ब्रुअरिजले सेर्बेरस नौसैनिक आधारमा हेलिकोप्टरबाट मदिरा खसालिएको बतायो। मालाकुटा होटलमा २० ड्रम बियर पुर्‍याइएको थियो। मालाकुटा सानो नगर हो। त्यहाँ करिब हजार जना नागरिक बसोबास गर्छन्।

‘मालाकुटाका बासिन्दाले नराम्रो समय भोगेका छन्।,’ कार्लटनका प्रमुख कार्यकारी अधिकृत पिटर फिलिपोभिचले भनेका छन्, ‘यस्तो बेलामा उनीहरूलाई एक गिलास बियरले ठूलो राहत दिन सक्छ। यस्तो विपद्का बेलामा नेभीले बियर वितरण गरेको थियो कि थिएन, मलाई थाहा छैन।’

प्रतिक्रिया दिनुहोस्