सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारीको नाम सिफारिस



०४ माघ २०७६, काठमाडौं

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरिएको छ।

सत्य निरुपण आयोगको अध्यक्षमा कांग्रेसका तर्फबाट गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेकपाका तर्फबाट सदस्यहरुमा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरिएको छ।

यसैगरी बेपत्ता आयोगको अध्यक्षमा नेकपा तर्फका युवराज सुवेदी तथा सदस्यमा विष्णु भण्डारी रहेका छन् भने, कांग्रेसका तर्फबाट सदस्यहरुमा सुनिल रञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस गरिएको हो।
♥ द्धन्द्धकालीन मुद्दा टुंग्याउन नेकपा–कांग्रेसबीच दुई बुँदे सहमति
पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले शनिबार दुवै आयोगमा ५/५ जना पदाधिकारी सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ।

दुवै समितिमा १/१ अध्यक्ष र ४/४ जना सदस्य सिफारिस गरिएको हो। दुवै समितिसँग सम्बन्धित विधेयकहरू संसदमा लैजाने सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसबीच सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्