अबुधावी बस दुर्घटना बारे नेपाली राजदुतावासद्वारा प्रेस विज्ञप्ती जारी



०४ माघ २०७६, काठमाडौं

अबुधावीमा बिहिबार भएको सडक दुर्घटनाबारे अबुधाबीस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ती जारी गरेको छ ।

उक्त बस दुर्घटनामा तीन नेपालीको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । मृतक नेपालीको पनि पहिचान भइसकेको अबुधाबीमा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेका छन् ।

नेपाली राजदुतावास, अवुधावीद्वारा जारी विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्