अन्नपूर्ण आधार शिविर जाने क्रममा बेपत्ता ८ जनाको खोजी हेलिकोप्टरमार्फत् गरिँदै



०४ माघ २०७६, काठमाडौं

अन्नपूर्ण आधार शिविर जाने क्रममा सम्पर्कबिहीन भएका विदेशी पर्यटक, नेपाली गाइड र भरियाको खोजीमा हेलिकोप्टर परिचालन गरिएको छ।

पोखरा विमानस्थलबाट सिम्रीक एयरको हेलिकोप्टर खोजी र उद्धारका लागि गएको हो। वडाध्यक्ष हिम गुरुङको नेतृत्वमा ५ सदस्यीय टोली अन्नपूर्ण आधार शिविर, माछापुच्छ्रे आधार शिविरलगायत स्थानमा गएको सिम्रीक एयर पोखराका इन्चार्ज कमल गौतमले बताए
अन्नपूर्ण आधार शिविरमा पाँच पर्यटक सम्पर्कबिहीन
शुक्रबार बिहान ११ बजेतिर आएको हिमपहिरोमा परी ५ कोरियन, एक चिनियाँ र २ नेपाली सम्पर्कबिहीन रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीको भनाई छ। उनका अनुसार ११ जनाको टोलीमध्ये ५ कोरियन र सम्पर्कमा आएका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीको बिचमा पर्ने हिङकु भन्ने स्थानमा आएको हिमपहिरोमा उनीहरु परेको आशंका छ। स्थानीयले पनि पैदल हिँडेर सम्पर्कबिहीन पर्यटकको खोजीमा लागेका छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्