तीन दिनसम्म विष दिएर श्रीमानको हत्या



०४ माघ २०७६, काठमाडौं

अमेरिकाको दक्षिण क्यारोलिना शहरमा एक महिलाले आफ्नो श्रीमानलाई विष दिएर हत्या गरेकी छिन् । उनले श्रीमानलाई आँखामा हाल्ने औषधि पानीमा हालेर तीन दिनसम्म पिउन दिएपछि उनको श्रीमानको मृत्यु भएको हो । समाचारका अनुसार ५३ वर्षीया लाना स्यू क्लेटनले बिहिबार आफूले पानीमा विष मिलाएर श्रीमानको हत्या गरेको स्वीकार गरेकी छिन् ।

जासुसका अनुसार लाना क्लेटनले आफ्नो श्रीमान स्टीवन क्लेटनलाई भिजाइन (आँखामा हाल्ने औषधि) मिलाएर पानी पिलाउने गरेको स्वीकार गरिन् । उनले २०१८ को जुलाईमा तीन दिनसम्म उक्त औषधि मिसाएर पानी पिलाएको र उनको मृत्यु भएको स्वीकार गरिन् । लानाले उनका श्रीमानले उनलाई अपशब्द बोल्ने गरेको र आफ्नो श्रीमानको हत्या गर्न नचाहेको पनि उनले बताएकी छिन् ।

लानाका वकिलका अनुसार लाना सानै उमेरमै ग्राहकबाट बलात्कृत भएकी थिइन् । त्यसपछि फेरि सैन्य अड्डामा पनि उनको बलात्कार भएपछि उनको मानसिक अवस्था ठीक नभएको र उनले अगस्ट २०१८ मा आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्