क्रिस्चियन अभियुक्तको पक्षमा आन्दोलन गर्ने ८६ पाकिस्तानीलाई ५५ वर्षको जेल सजाय



०३ माघ २०७६, काठमाडौं

पाकिस्तानमा एक क्रिस्चियन महिलालाई निर्दोष सावित गर्न प्रदर्शनमा सहभागी धार्मिक पार्टीका ८६ सदस्यलाई अदालतले जेल सजाय सुनाएको छ।

रावलपिण्डीस्थित गारिसन शहरस्थित अदालतले उनीहरुमध्ये हरेकलाई ५५ वर्षको जेल सजाय सुनाएको हो। तेहरिक ए लब्बइक या रासूल अल्लाह (टिएलवाईआरए) पार्टीका अभियन्ताहरुविरुद्ध अदालतले यस्तो फैसला सुनाएको अन्तर्रराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

हिंसात्मक प्रदर्शनजमा सहभागी भएपछि उनीहरु सन् २०१८ को नोभेम्बरमा पक्राउ परेका थिए। त्यसबेला उनीहरु सर्वोच्च अदालतको फैसला विरुद्ध प्रदर्शनमा सहभागी भएका थिए।

क्रिस्चियन महिला आसिआ बिबीलाई सन् २००९ मा धर्म तथा ईश्वरनिन्दा गरेको अभियोगमा मृत्युदण्ड दिइएको थियो। तर सर्वोच्च अदालतको उक्त फैसलाको विरोध गर्दै खदिम हुसेन रिज्दी नेतृत्वको टिएलआरवाईए पार्टीका अभियन्ताहरुले विशाल प्रदर्शन गरेका थिए।

उनीहरुले सडक अवरुद्ध पार्नुका साथै हिंसात्मक प्रदर्शन गरेका थिए। इथान वाली गाउँकी क्रिस्चियन महिला बिबीमाथि मुस्लिम धर्मको अपमान गरेको र दुई मुस्लिम महिलालाई ईश्वरनिन्दा गरी भड्काएको आरोप थियो।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्