यूएई बस दुर्घटना फलोअपः तीन नेपालीको मृत्यु भएको पुष्टि [विज्ञप्ति सहित]



०३ माघ २०७६, काठमाडौं

यूएईको आबुधाबीमा भएको मिनीबस दुर्घटनामा तीन नेपालीको मृत्यु भएको पुष्टि भएको छ।

यूएईस्थित नेपाली दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै मृत तीन नेपालीहरुको पहिचान पनि खुलेको उल्लेख गरेको छ।

आबुधाबीस्थित नेपाली दूतावासले मृतकहरूप्रति समवेदना प्रकट गर्दै फेसबुक पेजमा पोष्ट गरेको छ।

मिनीबसमा सवार २५ मध्ये १७ जना नेपाली रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। अन्य घाइतेहरुको आबुधाबीस्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।
♦ यूएई बस दुर्घटनाः एक नेपालीको मृत्यु पुष्टि, दुईको सनाखत हुन बाँकी
मृतकहरूको विवरणः

-अमिसा मोक्तान तामाङ: बारा

-कृष्णकुमारी अधिकारी: झापा

-भावना कुँवर: प्युठान

विज्ञप्ति:

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, काउन्सिलर रीता धिताल र श्रम काउन्सिलर भेषबहादुर कार्की अस्तापल पुगी कम्पनीका प्रतिनिधिसँग दुर्घटनाबारे बुझ्दै। तस्वीरः नेपाली दूतावास

प्रतिक्रिया दिनुहोस्