एमसीसीमा सैन्य संलग्नता निषेधित छः अमेरिकी दूतावास



०३ माघ २०७६, काठमाडौं

नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्योलन्ज कर्पोरेसन [एमसीसी] परियोजनामा सैन्य संलग्नतालाई अमेरिकी कानूनले निषेध गरेको बताएको छ।

नेपालमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एमसीसी, इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै विरोध भइरहेको छ। तर, अमेरिकी दूतावासले एमसीसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको यस्तो बताएको हो।

‘एमसीसीसँग कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानूनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ।’ दूतावासले भनेको छ।

प्रत्येक सरकार र नेपाली राजनीतिक दलले सत्तामा रहँदा आर्थिक विकासका लागि नेपालमा एमसीसी कम्प्याक्ट सम्पन्न गर्ने इच्छा देखाएको समेत उसले बताएको छ।

यो पनि पढ्नुहोस् :

संघीय संसदमा प्रस्तुत एमसीसी सम्झौताका विवादित बुँदाहरु (पूर्णपाठसहित)

 

प्रतिक्रिया दिनुहोस्