रहेनन्, विश्वकै होचा व्यक्ति खगेन्द्र थापा



०३ माघ २०७६, काठमाडौं

विश्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन भएको छ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहीबार अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो।

निमोनियाका कारण उनको निधन भएको अस्पतालले जनाएको छ। उनलाई दिउँसो ३ अस्पतालले मृत घोषणा गरेको ‘खगेन्द्र थापा मगर प्रतिष्ठान’का अध्यक्ष मीनबहादुर रानाले बताए।

खगेन्द्रमा यसअघि स्वासप्रश्वास, हमोग्लोबिनको कमी, ह्वाइट ब्लड सेल बढी हुने समस्या देखिएको थियो। बागलुङ धुल्लुवासकोटका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखिएको थियो।

उनको उचाई ५७ सेन्टिमिटर [२२.०४] इन्च थियो।

प्रतिक्रिया दिनुहोस्