युक्रेनका प्रधानमन्त्रीद्धारा राजीनामाको घोषणा



०३ माघ २०७६, काठमाडौं

युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रबार पदबाट राजीनामाको घोषणा गर्नुभएको छ ।

राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।

उहाँले अडियोमा आर्थिक विषयलाई लिएर राष्ट्रपतिको आलोचना गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । “हाम्रो विवाद थियो, त्यसले थप बहस नहोस भन्ने उद्धेश्यसँगै राष्ट्रपति प्रतिको विश्वास र सम्मानका लागि मैले राजीनामा दिने घोषणा गरेको हुँ,” ३५ वर्षीय प्रधानमन्त्री ओलेक्सीले आफ्नो आधिकारीक फेसवुक पेजमा लेख्नु भएको छ ।

सार्वजनिक भएको अडियो बनावटी भएको र राष्ट्रपतिप्रति आफ्नो सम्मान गिराउने नियतले बनाएर सार्वजनिक गरिएको आरोप पनि लगाउनु भएको छ । “त्यो अडियो सत्य होईन,” उहाँले भन्नुभएको छ । उहाँ सन् २०१९ अगस्तबाट प्रधानमन्त्रीको पद सम्हाल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्