असल श्रीमतीमा हुनुपर्ने गुणहरु



०३ माघ २०७६, काठमाडौं

भनिन्छ, श्रीमान–श्रीमतीको नाता सबैभन्दा उत्तम र पवित्र नाता हो। किनभने, श्रीमान–श्रीमती भनेको एक रथको दुई पाग्रा हुन्। जीवनमा यी दुईको मेल हुनु एकदम आवश्यक हुन्छ।

सुमधुर सम्बन्धले मात्रै जीवन सहज हुन्छ। त्यसैले, श्रीमान–श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेकौं उपायहरु अपनाईन्छ। विश्वको अधिकांश देशमा पुरुष मानसिकता नै हाबी देखिन्छ।

दम्पतिबीच दुवैले धेरै बिषयमा सम्झौता गर्नुपर्ने हुन्छ। जसमा पनि श्रीमतीले अझ धेरै सम्झौता गर्नुपर्ने अध्ययनले खुलाएको छ।

अनुसन्धानका अनुसार असल श्रीमती यी गुणले भरिएको हुनुपर्दछ।

-श्रीमानसँग चर्काे बोली कहिल्यै नगर्नुहोस्।

-आफ्नो श्रीमानको कमजोरी परिवार र साथीको अगाडि कहिल्यै नखोल्नुहोस्।

-अरु पुरुषसँग कहिल्यै तुलना नगर्नुहोस्।

-उसले तिमीसँग बिहे गरेको कुरा कहिल्यै नर्बिसनुहोस्।

-कुनै दिन श्रीमान खाली हात आए कहिल्यै गाली नगर्नुहोस्।

-श्रीमानको पसिनाको ख्याल राख्नुहोस्।

-श्रीमानले चाहेको समयमा यौन सम्बन्ध राख्न तयार बन्नुहोस्: किनभने, पूरुषको लागि यो निकै महत्वपूर्ण हुन्छ। लामो समयसम्म यौन सम्बन्ध नराख्दा उसलाई तनाव हुन्छ।

-समुहमा रहँदा श्रीमानलाई पहिलो जवाफ दिने मौका दिनुहोस्।

-बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नुहोस्।

-आफ्नो मायालाई पैसासँग कहिल्यै तुलना नगर्नुहोस्।

-आफ्नो पूर्वप्रेमिसँग कहिल्यै तुलना नगर्नुहोस्।

-श्रीमानको अगाडि आफू धेरै व्यस्त नहुनुहोस्। उसलाई समय दिनुहोस्।

-आफ्नो साथीलाई श्रीमानको नजिक हुने मौका नदिनुहोस्।

-घरबाट बाहिर निस्किनुअघि श्रीमानको कपडा ख्याल राख्नुहोस्।

-शौचालय गएको र लुगा लगाउने बेलामा बढी हतार नगर्नुहोस्।

-श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नुहोस्।

प्रतिक्रिया दिनुहोस्