जलाउन लागेको महिलाको शव प्रहरीको नियन्त्रणमा : श्रीमान पक्राउ



०३ माघ २०७६, विराटनगर

घाटमा जलाउन ठिक्क पारेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका– ८ कि २८ वर्षकी प्रेमदेवी साहको मृत्यु शंकास्पद भएको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार बिहान साहको मृत्यु भएको खबर माइती पक्षसम्म पुग्यो । बिहान सूचना पाएका दाजु राजु साह घटनास्थल पुगेर बहिनीको शवलाई हेर्दा घाटीमा चोट देखे । सोधखोज गर्दा कसैले पनि जवाफ नदिएपछि उनले प्रहरीलाइ खबर गरेका हुन् ।

शवलाई चितामा राख्ने तयारी हुँदै गर्दा प्रहरी टोली पुग्यो र शव नियन्त्रणमा लियो शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको छ ।

मृतक महिलाको घाँटीमा चोट देखिएको र मृत्युबारे श्रीमानको जवाफ पनि शंकास्पद पाइएकाले मृतक महिलाका श्रीमान गोविन्द साहलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रंमुख एसपी विश्व अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्