विप्लवको टार्गेट लिस्टमा नेकपा महासचिव



०३ माघ २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले टार्गेटमा रहेको उल्लेख गरेको छ।

बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा भेटिएको विप्लव समूहको पर्चामा महासचिव पौडेललगायत केही व्यक्तिहरुको नाम टार्गेट सूचीमा राखेको पाइएको हो।

विप्लवको कारबाहीको लिस्टमा विष्णु पौडेल, भाभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोयल समूह, चाचन ग्रूप, केडिया ग्रूप, सारदा ग्रूप, रामकुमार सुवेदी र गोपाल खनाल रहेका छन्।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको एक महिना नबित्दै नख्खुस्थित एनसेल टावरमा बम विस्फोट गराएको थियो। त्यसयता विप्लवका नेता तथा कार्यकर्ताहरु पक्राउ पर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्