त्रिशूलीमा हाम फालेका दम्पतिको सानो छोराको पास्नी आज थियो !



०३ माघ २०७६, काठमाडौं

आफ्ना दुई नाबालकसँगै त्रिशूली नदीमा हाम फालेका दम्पतिको सानो छोराको पास्नी (भात खुवाई) आज रहेको आफन्तहरुले बताएका छन्।

नदीमा हाम फालेका विनय-जमुनाका घरमा सूसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ। नोटमा उनले आफूलाई कमोडिटी व्यापारले ऋणमा डुबाएको कुरा उल्लेख गरेका छन्।

उनले नोटमा आफू ऋणबाट कहिल्यै मुक्त हुन नसक्ने र आफू बाँच्नुको कुनै अर्थ नरहने उल्लेख गरेको प्रहरीले जनाएको छ।
♦ विनयको सूसाइड नोटः ‘कमोडिटी व्यापारमा डुबेको पैसा तिरेर सक्दिन, अब बाँच्नुको केही अर्थ छैन’
नदीमा हाम फालेका उनीहरुमध्ये विनयलाई जीवितै उद्दार गरिएको छ। श्रीमतीको भने मृत्यु भएको छ। उनका दुई नाबालक छोराहरु बेपत्ता छन्। बेपत्ता बालकको खोजी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्