जाडोयाममा दूधमा बेसार मिसाएर पिउनुको चमत्कारी फाईदा



०३ माघ २०७६, काठमाडौं

बेसार र दूध स्वास्थ्यका लागि निकै लाभदायिक मानिन्छ। चिसोमा त झनै यसको निकै महत्व छ। जाडो मौसममा चिसोबाट बच्न बेसार र दूध सेवन गर्न चिकित्सकहरूले सल्लाह दिन्छन्।

चोटपटक लाग्दा पनि बेसार र दूध सेवन गर्नु राम्रो मानिन्छ। यदि थकान महशुस भयो र शरिरमा रोग प्रतिरोधात्मक क्षमता कम भयो भने पनि बेसार मिलाएर दूध पिउनु निकै फाइदाजनक मानिन्छ।

यदि हड्डी दुख्ने समस्या छ भने पनि बेसारमा दु्ध मिलाएर पिउँदा बिरामीलाई राहत मिल्छ। एक गिलास तातो दूधमा थोरै बेसार मिसाएर सधैँ राति सुत्ने समयमा पिउँदा हड्डिमा हुँने पीडा कम हुन्छ। साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ।

दूधका साथै बेसारमा पनि थुप्रै पोषण तत्व हुन्छ। दूधमा क्याल्सिएम, आइरन, प्रोटीन र भिटामिन हुन्छ। त्यसैले दूधलाई सम्पूर्ण आहार पनि भनिन्छ।

दूधमा बेसार मिलाएर पिउँदा शरिरमा रहेका विषाक्त तत्वलाई बाहिर निकाल्नुका साथै पाचनप्रणाली पनि बलियो बनाउँछ। यदि पेटको समस्या छ भने बेसार दूधले समाधान गर्दछ।

सुन्दरताका लागि पनि बेसार र दूध निकै फाइदाजनक छ। यसले अनुहारमा निखारता ल्याइ सुन्दर देखाउँछ। बेसारमा एन्टीसेप्टिक र एन्टीब्याक्टेरियल गुण हुन्छ। यस्तै बेसार मिलाएर दुघ पिउँदा हाम्रो हड्डी मजबुत हुन्छ।

यो चिसोबाट बच्ने पनि एक अनुक उपाय पनि हो। यसले चिसोको संक्रमण हुन दिँदैन। बेसार दूध पिउँदा अर्थराइटिसको बिरामी हुँदैन। यदि निन्द्रा लाग्दैन र तनाव हुन्छ भने पनि बेसार दूध पिउनु उपयुक्त हुन्छ।

बेसार एन्टी माइक्रोबियल हुन्छ। यसलाई ग्रम दूधसँग पिउँदा दम, ब्रोन्काइटिस, छातिको कफ र साइनस जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ। यो ब्याक्टेरियर र भाइरल संक्रमणबाट बच्न सहयोग गर्छ। गरम दूधसँग बेसार सेवन गर्दा शरीरमा रहेको फ्याटको मात्रा घट्छ । यसमा रहेको क्याल्सिएम र मिनरल्सले कुनै असर बिना बेट घटाउन मद्दत गर्छ।

प्रतिक्रिया दिनुहोस्