१० वर्षभित्र ३० प्रतिशत भन्दा बढीलाई देखियोः मुटु रोग



०२ माघ २०७६, काठमाडौं

अगामी १० वर्षभित्र नेपालमा मुटु रोगको जोखिम ३० प्रतिशत वा सो भन्दा बढी हुने तथ्यांक सार्वजनिक भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको स्टेप्स सर्वे सन् २०१९ अनुसार अहिले ४० देखि ६९ वर्ष उमेर समुहका ३÷३ प्रतिशतमा मुटु रोग छ।

अहिले कै अवस्थामा मुटुरोगी बढ्दै जाने हो भने आगामी दश वर्षमा यो प्रतिशत ३० प्रतिशत पुग्ने परिषद्को प्रक्षेपण छ। विलासी जीवनशैली, अव्यवस्थित खानपानले मानिसमा मुटुरोग सहित नसर्ने रोगको जोखिम बढ्दै गएको चिकित्सकहरूको भनाइ छ।

मुटु रोग पनि अव्यवस्थित खानपान, शारीरिक व्यामको कमी, अनियन्त्रित रक्तचाप, क्लेस्ट्रोलमा ध्यान नदिदा हुने चिकित्सकहरू बताउँछन्। सर्वेले पुरुषको तुलमा महिलामा मुटु रोगको जोखिम उच्च रहेको देखाएको छ।

४० देखि ६९ वर्षका महिलामा १० वर्षभित्र ३.३ प्रतिशतमा मुटुको जोखिम रहेको सर्वेको रिर्पोट छ। यस्तै पुरुषमा भने केही ३.२ प्रतिशत मात्रै जोखिम देखिएको छ।

परिषद्को प्रदेश स्तरीय सर्वे अनुसार १० वर्षभित्र कुन प्रदेशमा कतिलाई मुटु रोगको जोखिम छ भन्ने पनि सार्वजनिक गरेको छ। जस अनुसार सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशमा ९.८ प्रतिशत रहेको देखाएको छ।

कुन प्रदेशमा कति मुटुरोगी?

प्रदेश १ मा २.९

प्रदेश २ मा २.६

वागमतीमा २.४

गण्डकी प्रदेशमा ३.९

प्रदेश ५ मा २.१

कर्णाली प्रदेशमा ३.७

सुदुरपश्चिम प्रदेशमा ९.८

प्रतिक्रिया दिनुहोस्