
०२ माघ २०७६, स्याङ्जा
स्याङ्जाको २६ वर्षीया युवती सुनिता पौडेल प्रधानले एकै चोटि चार सन्तानको जन्म दिएकी छिन्।

पोखराको मनिपाल शिक्षण अस्पतालमा बिहीबार बिहान उनले शल्यक्रियाबाट एकैपटक चारवटा बच्चा जन्माएकी हुन्।
उनले पहिलो सन्तान छोरी १ किलो ६ सय किलोग्राम,दोश्रो छोरा एक किलो ३ सय ग्राम, तेश्रो छोरी १ किलोग्राम ३ सय ग्राम र चौथो छोरी १ किलो ४ सय ग्राम वजनकी जन्म दिएकी छिन्।



चारै शिशुको अवस्था सामान्य भएपनि तौल कम भएकाले उनीहरुलाई भेन्टिलेटरमा राखिएको अस्पतालले जानकारी दिएको छ । फोटो श्रोत : खिम लामिछाने





