विश्वकै महँगो चकलेट, जसले लेख्यो गिनिज बुकमा नाम(फोटोसहित)



०२ माघ २०७६, काठमाडौं

चकलेट खान मन नपराउने यहाँ कमै मात्रामा होलान्। किनभने चकलेटको स्वादले जो कोहीलाई पनि लोभ्याउने गर्दछ। बजारमा विभिन्न स्वाद र रंगमा चकलेट पाइन्छ।

चकलेटको गुणस्तर र परिमाण अनुसार त्यसको मूल्य निर्धारण गरिएको हुन्छ। साधारणतयाः एक चकलेटको मुल्य एक रुपैयाँदेखि २–४ सयसम्म पर्छ होला भन्ने अनुमान गर्न सकिन्छ।

तर, एउटै चकलेटको मूल्य डेढ लाखभन्दा बढी पर्छ भन्ने कुरा सुन्दा तपाईँलाई अचम्म लाग्ला। तर यो कुरा साचो होकि भारतको चर्चित आइटीसी कम्पनीले बनाएको चकलेटको मुल्य सुन्दा होसै उडाउने खालको छ।

भारतको चकलेट उत्पादक कम्पनी आइटीसीले तयार पारेको चकलेट विश्वकै सबैभन्दा महंगो चकलेटका रुपमा रहेको कम्पनीले जनाएको छ। यो चकलेटको मूल्य प्रतिकिलो झण्डै ७ लाख रुपैया पर्दछ। जस अनुसार एक डब्बा चकलेटलाई मात्र भारु १ लाख अर्थात नेपाली १ लाख ६० हजार पर्ने गर्दछ।

उक्त चकलेटको नाम ट्रिनिटी–ट्रफल्स एक्स्ट्राअर्डिनेयर राखिएको छ। यो चकलेटले विश्वको सबैभन्दा महंगो चकलेटको रुपमा गिनिज बुकमा नाम लेखाउन समेत सफल भएको छ। दुनियाको सबैभन्दा महंगो साबित ट्रिनिटी चकलेटलाई फ्रान्सका शेफ फिलिप कन्टिसिनी र फेबेलका मास्टर चकलेटियरले बनाएका हुन्।

एक डब्बामा १५ ग्राम वजनका १५ वटा नै हुन्छन्। ३ प्रकारको स्वादमा तयार पारिएको ट्रिनिटी चकलेट टाहिटियन भेनिल्ला बिन्ससंगै टोस्टेड कोकोनट गार्निस, घाना डार्क चकलेट र जमैका ब्लू माउन्टेन कफीको मिश्रणमा बनाइएको कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्