पालुंगोको साग खानुहोस्, मृगौलाको पत्थरी हटाउनुहोस्



०२ माघ २०७६, काठमाडौं

पालुंगोको साग खानामा मात्रै स्वादिलो हुँदैन। यो स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायिक हुन्छ। जसको सेवनले शरिरमा ‘रगतको कमी’ भएकाहरुका लागि मात्र पालुंगो हितकारी हुन्छ भन्ने धेरैलाई थाहा छ।

तर यसका अन्य औषधिय गुणको बारेमा भने कमैलाई थाहा होला। पालुंगोको सागमा अन्य धेरै पौष्टिक तत्वहरु पनि पाईन्छ। जुन शरिरलाई अत्यावश्यक हुन्छ। १ सय ग्राम पालुंगोको सागमा २६ किलो क्यालरी उर्जा पाइन्छ। पालुंगोको सागमा २ प्रतिशत प्रोटिन, २.९ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ।

त्यस्तै जम्मा ०.७ प्रतिशत चिल्लो ०.७ प्रतिशत लवण तथा ०.६ प्रतिशत फाइबर पाइन्छ। पालुंगोको सागमा क्याल्सियम, फलाम मात्रै नभएर भिटामिन ए, बी, सी जस्ता विभिन्न भिटामिन समेत पाइन्छ।

त्यसैले, पालुंगोलाई जिउको संरक्षक खाद्य पदार्थ समेत भनिन्छ। पालुंगोको सागको र सलाई नियमित रुपमा नरिवल पानीमा मिलाएर हरेक विहान पिउनाले मृगौलामा परेको पत्थरी हटाउन मद्दत पुग्छ। पालुंगोको सागको रसमा नुन मिलाएर नियमित पिउनाले दम तथा स्वास प्रस्वासका रोगीलाई फाइदा पुग्छ।

नियमित रुपमा पालुंगोको साग खानाले स्मरण शक्ति बढ्ने र आयोडिनका कारण दिमागी थकान समेत कम हुन्छ। जण्डिसका रोगीले पालुंगोको साग काँचै चपाउनु समेत निकै फाइदाजनक मानिन्छ।

रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन गर्नुपर्दछ। थाइराइडको समस्या भएका व्यक्तिहरुका लागि समेत पालुंगोको सागको सेवनले फाइदा गर्दछ।

प्रतिक्रिया दिनुहोस्