शिवपुरी क्षेत्रको प्रवर्द्धन गर्न ‘तारेभिर महोत्सव’ : सांसद रामेश्वर फुँयाल



०२ माघ २०७६, काठमाडौं

उपत्यकाको उत्तरी पर्वत शिवपुरी क्षेत्रको प्रवर्द्धन गर्न तारेभिर महोत्सब आयोजना गरिएको बागमती प्रदेश सांसद रामेश्वर फुँयालले बताएका छन् ।

महोत्सवको सम्बोधन गर्दै सांसद फुँयालले काठमाडौंको उत्तरी क्षेत्र बूढानीलकण्ठ, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा पर्यटन भित्र्याउन र स्थानीय उत्पादनको बृद्धि विकासमा सहयोग गर्न तारेभिर महोत्सव गरिएको प्रष्ट पारे । उनले भने, ‘नेपाल भ्रमण वर्ष २०२० लाई थप सहयोग पुर्याउन, स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन महोत्सवले थप सहयोग गर्छ ।’

सांसद फुँयालले पर्यटकलाई मनै लोभ्याउने खालका लोकल सामग्री उत्पादन गर्न स्थानीयलाई आग्रह गर्दै त्यसलाई प्रत्यक्ष रुपमा आय आर्जन सँग जोड्न र बजारीकरण गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

भौतिक पूर्वाधारको अभावका कारण काठमाडौंको कर्णालीका रुपमा चिनिने तारेभिर महोत्सवमा हाल गोकर्णेश्वरको बालुवा र बूढानीलकण्ठको बदेली पन्चकन्या हुँदै तारेभिर पुग्ने पक्कि सडक निर्माणका कारण हाल ठुलो शंख्यामा पर्यटकहरुले उपस्थिति जनाएका थिए ।

महोत्सव आयोजक समितिका संयोजक हर्क बहादुर तामांगको अध्यक्षतमा भएको कार्यक्रममा विभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुति प्रश्तुत गरेर भरपुर मनोरञ्जन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्