मौसम : लगातार तीन दिन सम्म वर्षासँगै भारी हिमपात



०२ माघ २०७६, काठमाडौं

मौसम पूर्वानुमान महाशाखाले विहीबारदेखि शनिबारसम्म तीन दिन मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका पश्चिमी, मध्य भूभाग र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भइरहेको जारी सूचनामा उल्लेख छ ।

यसैगरी, आज दिनभरी मध्य, पश्चिमी भूभाग, पूर्वी पहाडी भूभाग र बाँकी भूभागमा समेत आंशिक बदली हुने पूर्वानुमान गरिएको छ । यसैगरी, पश्चिमी भूभागको केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पूर्वानुमान गएिको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २ गते (बिहिबार)

दिउँसो : देशको मध्य तथा पश्चिमी भू-भाग लगायत पूर्वी पहाडी भू्-भागमा सामान्य बदली रहि बाँकि भू्-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखीन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी/हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

माघ ३ गते (शुक्रबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ साथै पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमि उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातिः देशभर आंशिकदेखि सामान्य बदलि रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ ४ गते (शनिबार)

दिउँसो : देशको पश्चिमी भू्-भागमा सामान्य बदली रही बाँकी भू्-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातिः देशभर आंशिक बदलि भइ देशका एक दुइ स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

महाशाखाले देशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम देखि भारि हिमपातको सम्भावना रहेकोले उच्च पहाडी तथा हिमाली भेगमा चिसोबाट बच्नका लागि सुरक्षा अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्