पुससम्म २० अर्बको सेयर निष्कासन



०२ माघ २०७६, काठमाडौं

चालू आर्थिक वर्षको पुषसम्ममा १६ कम्पनीले २० अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्कासन अनुमति पाएका छन् । यो सार्वजनिक निष्कासन मत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले धेरै हो ।

चालू आवको पुससम्ममा सार्वजनिक निष्कासन अनुमतिप्राप्त रकममध्ये १६.५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र धितोपत्र बोर्डले निष्कासन अनुमति दिएको हो ।

नेपाल राष्ट्र बैंकले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था गरेसँगै ऋणपत्र निष्कासनमा वृद्धि देखिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

चालू आर्थिक वर्षको पुससम्ममा सार्वजनिक निष्कासनतर्फ भने गिरावट आएको छ । यो अवधिमा एक जलविद्युत् कम्पनीले करिब ३३ करोड ५१ लाख रुपैयाँ बराबरको निष्कासन अनुमति पाएकोमा सर्वसाधारणमा केबल सात करोड रुपैयाँमात्र बिक्री भएको थियो । यो समाचार आजको कारोबार दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस्