मिनी ट्रक दुर्घटनामा प्रहरी जवानको मृत्यु



०१ माघ २०७६, काठमाडौं

तनहुँको देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको मिनी दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ।

यस्तै दुर्घटनामा अन्य चारजना गम्भीर घाइते भएका छन् भने १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन्।

तनहुँ नजिक दासढुंगापारि दुर्घटना भएको बागमती प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रकाश रानाभाटले बताए। उनका अनुसार सो ट्रकमा देवघाटको मेलामा थप मद्दतका लागि पोखराको १ नं. गणका टोली फर्कने क्रममा दुर्घटना भएको हो।

१ माघमा देवघाटमा ठूलो मेला लाग्ने गर्छन्।

सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस्