राष्ट्रिय सभा गृहमा देखिएको किराँती नयाँ वर्ष [तस्वीर नियाल्नुस्]



०१ माघ २०७६, काठमाडौं

किराँत राई यायोख्खा [किराया]ले किराँती नयाँ वर्ष यले सम्वत् ५०८० धुमधामका साथ मनाएको छ।

बुधबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा यायोख्खाले मनाएको नयाँ वर्षमा सिक्किमका निवर्तमान मुख्यमन्त्री डा. पवन चाम्लिङ राईको समेत आगमन भएको थियो।जहाँ, डा. राईलाई ‘हाङ यलम्बर स्मृती पुरस्कार ५०८०’बाट सम्मान समेत गरिएको छ।

♦पवन चाम्लिङ काठमाडौं आउँदै, यले सम्वत्लाई उत्सवकै रुपमा मनाउँदै किराँती समुदाय

♦डा. पवन चाम्लिङ राई काठमाडौं आइपुगे

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश नं. १ को नाम ‘किराँत प्रदेश’ हुनुपर्ने जोडदार माग समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्