‘१७ हजार मानिस मैले मारेको होइन, ५ हजारको भने जिम्मा लिन तयार छु’



०१ माघ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूट भएको बताएका छन्।

बुधबार काठमाडौंको टुँडिखेलमा माघी महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नभएको बताएका हुन्।

‘म माथि १७ हजार मानिस मारेको भनेर बारम्बार गलत तथ्यांक दोहोर्‍याइने गरिएको छ। तर, यो सत्य होइन।’ उनले भने, ‘राज्यले मारेका मानिसहरुको पनि मेरै टाउकोमाथि हाल्न हुँदैन। नगरेको कामको पनि दोष मलाई दिइएको छ।’

यस्तै उनले सत्य कुरा हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेका भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्