यी खराब बानीहरू: बनिदिन्छ प्रगतीका बाधक



०१ माघ २०७६, काठमाडौं

के कारणले हामी आफ्नो लक्ष्यमा पुग्न सक्दैनौं? किन हामी आफूले सोचेको, चाहेको जस्तो प्रगती पनि गर्न सक्दैनौं? यी सबै प्रश्नका जवाफ हामी आफैभित्र खोज्नुपर्दछ।

किनभने, हामी आफैभित्र यस्ता बानीहरु लुकेका हुन्छन् कि, जसले हामीलाई प्रगती गर्नबाट बञ्चित गराईरहेका हुन्छन्।

यी नै हुन् ती बानीहरु…..

समयको ख्याल नगर्नू

हामी आफैंमा कति पनि समयको ख्याल नराख्ने बानी लुकेको हुन्छ। किनभने, हामी धेरै फुर्सदमा विताउन चाहान्छौं वा हरेक क्षण समय कटाउने बहाना खोजिरहेका हुन्छौं।

हामी समयको महत्वलाई नबुझेर पनि गैर जरुरी काममा हामी घण्टौं बिताईदिन्छौं। यसले हामीलाईँ सधैँ पछाडि धकेल्छ।

स्वास्थ्यका लागि समय दिन नसक्नु

हामी निरोगी हुन मन पराउँछौं। लामो आयु बाँच्न चहान्छौं। तर, स्वास्थ्यका लागि समय भने निकाल्न सक्दैनौं।

त्यही कारण हामीलाई विभिन्न रोगहरुले आक्रमण गरिरहेका हुन्छन्। त्यही रोगसँग जुध्दा–जुध्दै हामीले धेरै उर्बर समय गुमाउँन पुग्छौं।

नयाँ कुरामा अपडेट हुन नचाहने

परिवर्तित समयसँगै हामी आफूले–आफूलाई बदल्न जरुरी छ। चाहे त्यो प्रविधिको कुरा होस् वा शिक्षाको, चाहे त्यो अर्थको कुरा होस् वा राजनीतिको।

हामी नयाँ कुराप्रति सधै जिज्ञासु हुनुपर्दछ। र त्यसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्दछ। अझ अहिलेको प्रविधिको जमानामा हरेक कुरामा अपडेट भइएन भने हामी पछाडि त पछौं नै।

आफूलाई उत्कृष्ट बनाउने कोशिस नगर्नु

हामी आफूलाई उत्कृष्ट बनाउने कोशिस गर्दैनौं। जे छौ, जस्तो छौं त्यसैमा भुल्ने हाम्रो बानी हुन्छ। आफ्नो कमी–कमजोरी कसरी सच्याएर अघि बढ्ने वा आफ्नो क्षमतालाई थप कसरी निखार्ने भन्ने कुरामा हामी त्यती गंभिर भने हुँदैनौं।

यस प्रकारको हाम्रो सोचले हामीलाई अगाडि बढ्न दिईरहेका हुँदैन।

बढी नै सोच्ने, तर काम चै नगर्ने

जीवनमा हामी धेरै योजनाहरु बनाउँछौं। त्यसमध्ये कति योजना उत्कृष्ट पनि हुन्छन् त कति हँुदैनन्। हरेक दिन जसो हामी आफ्नो कामबारे सोच्ने गर्दछौं।

तर, त्यही अनुसार काममा भने लाग्दैनौं। हाम्रा योजनाहरु धेरै बन्छन्, त्यसै थन्किन्छन्। यस क्रममा पनि कति समय बर्बाद हुन्छ।

आफ्नो कमजोरी महसुष गर्न नसक्नु

हामी मानिस भईसकेपश्चात् केही न केही कमजोरी त हुन्छ नै। जुन कम्जोरीलाई अघि बढ्न सक्नुपर्दछ।

तर, हामी आफ्नो कमजोरी के छ? भनी छुट्टाउन सकिरहेका हुँदैनौं। अरुले कमजोरी देखाए पनि त्यसलाई महसुष नै गदैनौं।

यसरी कमजोरीलाई नबुझ्नु वा बुझेर पनि ढाकछोप गर्ने बानीले अन्ततः हामीलाई नै प्रगति गर्नबाट बञ्चित गराउँछ।

प्रतिक्रिया दिनुहोस्