कलेजोको क्यान्सर हुन नदिन झुक्किएर पनि नगर्नुहोस् यी गल्ती



०१ माघ २०७६, काठमाडौं

कलेजो हाम्रो शरिरको सबैभन्दा ठूलो आन्तरिक अंग हो। कति वयस्कमा यसको लम्बाई १५ सेमी (लगभग ६ इन्च) हुन्छ।

यो नै शरिरको सबैभन्दा गहु्रँगो अंग पनि हो। जसको तौल सावा किलोदेखि डेढ किलोसम्म हुन्छ। यो हाम्रो पेटको दाहिने भागमा हुन्छ।

अधिकांश मानिसलाई कलेजोको कारणको समस्या उत्पन्न हुन्छ। खासगरी अस्वस्थ्यकर जीवनशैली अपनाउनेमा यस्तो जोखिम बढी हुन्छ।

यद्यपी कलेजोको क्यान्सरको कारण यो मात्र एक कारण होइन। हाम्रा कतिपय गल्तीले कलेजोमा क्यान्सर हुन सक्ने सम्भावना हुन्छ।

जुन गल्तीहरु जान्नुहोस्…..

-बढी नै मदिरा सेवन गर्दा लिभर सिरोसिस नामक रोग लाग्न सक्छ। जो क्यान्सरमा बदलिन्छ।

-हेपटाइटिस बि र सिको कारण कलेजो चाडै कमजोर हुन्छ। र त्यसले क्यान्सर पनि निम्त्याउँछ।

-डाइललिसस गर्ने व्यक्तिको इन्फेक्सनको कारण कलेजोको क्यान्सर हुने संभावना बढी हुन्छ।

-मधुमेहको कारण नन अल्कोहलिक फ्याटी लिभर नामक रोग लाग्न सक्छ। जो क्यान्सरको कारण बन्न सक्छ।

-मोटोपनको कारण कलेजोमा बोसो जम्छ। यसले पनि क्यान्सरको जोखिम बढाउँछ।

प्रतिक्रिया दिनुहोस्